नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रमेशप्रसाद धमलाले मतदाता भेटघाटको कार्यक्रम आजबाट शुरू गर्ने कार्यक्रम तय भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार धमलाले मतदाता भेटघाटको सुरुवात ज्वालामुखी गाउँपालिकाबाट सुरु गर्ने नेपाली कांग्रेस धादिङका सहसचिव तथा निर्वाचन प्रचार प्रसार समितिका संयोजक श्री नवराज तिमल्सिनाले जानकारी दिनुभएको छ ।
तिमल्सिनाका अनुसार नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का उम्मेदवारलाई सबै पालिका र पालिकाभित्रका ५१ वटा नै वडा र टोलवस्तीमा पर्याउने योजना सहित मतदाता भेटघाटको कार्यतालिका बनाइसकेको र सोही तालिका अनुसार भेटघाट कार्यक्रम अगाडि बढाइने बताउनु भयो । निर्वाचनमा आफ्नो उम्मेदवार र पार्टीको जितका विभिन्न समिति बनाएको र सबै समितिले आफ्नो कार्यक्रम अगाडि बढाइसकेको छ ।