ज्वालामुखी–१ मैदीमा कांग्रेस उम्मेद्वार धमलाको भेटघाट कार्यक्रम

शुक्रबार, माघ २४, २०८२

theme

धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रमेश प्रसाद धमलाले आज ज्वालामुखी गाउँपालिका–१, मैदीमा मतदाता भेटघाट तथा छलफल कार्यक्रम गर्नुभएको छ।

ज्वालामुखी गाउँपालिकाको साँधभञ्ज्याङबाट सुरु भएको उक्त कार्यक्रम धादिङ क्षेत्र नं. २ भित्रका सबै टोल–बस्तीमा निरन्तर रूपमा सञ्चालन गरिने प्रचार समितिका संयोजक नवराज तिमिल्सिनाले जानकारी दिनुभयो।

कार्यक्रममा उम्मेद्वार धमलाले जनताका समस्या नजिकबाट बुझ्दै समाधानमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास, सुशासन र जनताको विश्वास नै आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो।

भेटघाट कार्यक्रममा नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रामनाथ अधिकारी, विनोद तिमिल्सिना, यामनाथ दनै, राजन बुर्लाकोटी, रामप्रसाद अधिकारी, रेशम काप्री, गोपाल विश्वकर्मा, मदनकुमार श्रेष्ठ लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :