सदरमुकाम रहेकाे वडा नं ३ मा नेपाली कांग्रेसकाे परिचालन समिति

शनिबार, माघ २५, २०८२

theme

धादिङ क्षेत्र नं २ मा नेपाली काँग्रेसका उम्मेद्वार रमेश धमलालाई जिताउनको लागि नेपाली काँग्रेस नीलकण्ठ नगरपालिका वडा नं ३ ले वडास्तरीय निर्वाचन परिचालन समिति निर्माण गरेको छ । 
साथै विभिन्न उपसमितिहरु निर्माण गरि निर्वाचन तयारी र प्रचार प्रसारलाई तीव्र बनाइएको हो । 
पुर्व वडा अध्यक्ष एवं वडा सभापति होमनाथ रिजालको संयोजकत्वमा १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति, सन्तोष थापाको संयोजकत्वमा वडा स्तरीय निर्वाचन प्रचार प्रसार समिति, मनराज गोदारको नेतृत्वमा वडा स्तरीय युवा परिचलान समिति, अभिशेषक रिजालको संयोजकत्वमा वडा स्तरीय जेन्जी युवा परिचालन समिति र निशा अधिकारी थापाको संयोजकत्वमा वडा स्तरीय निर्वाचन महिला परिचालन समिति बनाएर निर्वाचन केन्द्रिय अभियान सुरु गरिएको नगर स्तरीय निर्वाचन परिचालन समितिका संयोजक नारायण कुमार श्रेष्ठले जानकारी दिए ।
समितिहरुले काँग्रेसको तर्फबाट उम्मेद्वार रहेका धमलालाई जिताउनको लागि चुनावी रणनिति बनाउने, प्रचार प्रसार गर्ने नयाँ मतदाताको खोजी गर्ने र काँग्रेसका एजेण्डाहरु मतदातामाझ प्रचार प्रसार गर्ने काम गर्ने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :