रमेश धमलाको घरदैलो अभियान तीव्र : गंगाजमुनामा मतदातासँग प्रत्यक्ष संवाद

सोमबार, फाल्गुण ४, २०८२

theme

धादिङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि धादिङ क्षेत्र नं. २ बाट रमेश धमला मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिनुभएको छ।

नेपाली कांग्रेसका उम्मेदवार धमला यतिबेला प्राकृतिक सौन्दर्य र धार्मिक–सांस्कृतिक विविधताले परिचित गंगाजमुना गाउँपालिका का विभिन्न वडामा मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरसंवादमा व्यस्त रहनुभएको छ।

हिजो फागुन २ गते गाउँपालिकाको वडा नं. ६ र ७ मा मतदातासँग महत्वपूर्ण भेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन प्रचार–प्रसार समिति क्षेत्र नं. २ का संयोजक नवराज तिमल्सिनाले जानकारी दिनुभएको छ। भेटघाटका क्रममा स्थानीयवासीका गुनासा, सुझाव र अपेक्षाहरू सुन्ने तथा आगामी योजनाबारे छलफल गरिएको थियो।

आज फागुन ३ गते वडा नं. ३, ४ र ५ (साविक फुलखर्क र गुम्दी गाविस) का मतदातासँग भेटघाट, स्थानीय समस्या बुझ्ने र अन्तरसंवाद गर्ने कार्यक्रम रहेको बताइएको छ।

उम्मेदवार धमलाले प्रत्यक्ष भेटघाटका क्रममा समय अभाव, व्यवहारिक समस्या वा अन्य कारणले भेट हुन नसकेका मतदातासँग मोबाइल नम्बर ९८५१०३११७९ तथा सामाजिक सञ्जालमार्फत पनि निरन्तर संवाद गर्ने जानकारी दिनुभएको छ।
प्रचार–प्रसार समितिका संयोजक तिमल्सिनाका अनुसार मतदातासँगको प्रत्यक्ष संवादलाई अभियानकै रूपमा अघि बढाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :