९ प्रतिबद्धतासहित बालेनले सार्वजनिक गरे 'थिति बसाल्ने' वाचापत्र

सोमबार, फाल्गुण ११, २०८२

theme

काठमाडौँ — झापा-५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सोमबार चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन् ।   

वाचापत्रमा उनले मुख्य ९ वटा प्रतिबद्धता जनाएका छन् । 'थिति बसाल्ने संकल्प’ कार्यान्वयनको नेतृत्व लिने उनको दाबी छ । त्यस्तै, नेपालको संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत आवश्यकता सबै नागरिकसम्म व्यावहारिक रूपमा पुर्‍याउन आवश्यक कानुन, बजेट र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने भनेका छन् ।

राष्ट्रहितविपरीत कुनै पनि सम्झौता नगर्ने, सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने भनिएको छ । विकाससँगै प्रकृति संरक्षणमा विशेष ध्यान दिने, झापा क्षेत्र नं. ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारलाई सम्बोधन गर्ने,राजनीतिलाई पेसा होइन, सेवा बनाउने उल्लेख छ ।

मतमा अभिव्यक्त नागरिकको विश्वासलाई काममा रूपान्तरण गर्ने र  राजनीति सेवा, इमानदारिता र परिणाममा आधारित हुने उनको वाचापत्रमा दाबी गरिएको छ ।

उनले निर्वाचन क्षेत्रकेन्द्रित शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग, खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृति क्षेत्रमा विभिन्न योजना सार्वजनिक गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :