दलहरूले समानुपातिक सूची सच्याउनु नपर्ने

सोमबार, चैत्र २, २०८२

theme

काठमाडौं । निर्वाचन आयोगले दलहरूले पठाएको समानुपातिक सांसदको सूची सदर गर्ने भएको छ ।

राष्ट्रिय दल बनेका ६ दलले पठाएको सूचीमा त्रुटि नभेटिएकाले सच्याउनु नपर्ने आयोग स्रोतको दाबी छ ।

“दलहरूले पठाएको सूची रुजु गर्दा सच्याउनका लागि पत्र पठाउनुपर्ने अवस्था बनेन,” आयोग स्रोतले भन्यो, “समानुपातिक सांसदका विषयमा आजै निर्णय हुन सक्छ ।”

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनबाट ६ दलले समानुपातिक सिट पाए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीले ४/४ सिट पाएका छन् ।

सोहीअनुसार, दलहरूले आइतबार क्लस्टरअनुसार समानुपातिक बन्दसूचीबाट सांसद सिफारिस गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :