एएफसीले भन्यो– इरानले विश्वकपबाट नाम फिर्ता लिने कुनै जानकारी छैन

सोमबार, चैत्र २, २०८२

theme

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले इरानले विश्वकपबाट नाम फिर्ता लिने सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानी फुटबल संघ (एफएफआईआरआई)का अध्यक्ष अहमद डोन्यामअलीले द्वन्द्वका कारण विश्वकपमा सहभागिता नजनाउने यसअघि जनाएका थिए । त्यसपछि विश्वकपमा इरानको सहभागिता अन्योलमा परेको थियो ।

यही अन्योलबीच सोमबार एफसीका महासचिव विन्डसोर जोनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले इरानले विश्वकपबाट नाम फिर्ता लिने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाएको जनाएको छ ।

 

“अहिलो इरानको अवस्था निकै गम्भीर छ । चौतर्फी रूपमा धेरै विषय बाहिरिएका छन् । विश्वकपमा खेल्ने/नखेल्ने फुटबल संघको निर्णय हो,” महासचिव विन्डोसारले भने, “अहिलेसम्म एएफसीलाई फुटबल संघले विश्वकपमा सहभागिता जनाउने बताउँदै आएको छ । एफसीले फुटबल संघबाट नाम फिर्ता लिने सम्बन्धमा जानकारी प्राप्त भएको छैन ।”

उनले अगाडि भने, “महासंघको सदस्य राष्ट्र भएकाले इरानको सहभागिता हुनुपर्छ भन्ने हाम्रो इच्छा हो । हामी यो द्वन्द्व चाँढै समाधान होस् भन्ने चाहन्छौँ ।”

रोयटर्सका अनुसार, मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयबाहिर सञ्चारकर्मीलाई उनले यस्तो बताएका हुन् ।

अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा यस वर्ष हुने फिफा विश्वकपमा इरान समूह ‘जी’मा छ । यो समूहमा इरानसँगै बेल्जियम, इजिप्ट र न्युजिल्यान्ड छन् ।

इरानले समूह चरणअन्तर्गत अमेरिकाका लस एन्जल्स र सिएतलमा समान एक गरी दुई खेल खेल्ने तालिका छ । प्रतियोगिता आउँदो जुन ११ देखि जुलाई १९ सम्म आयोजना गरिँद छ । इरानले विश्वकपबाट नाम फिर्ता लिए प्रतियोगिताको इतिहासमा यस्तो कार्य गर्ने यो पहिलो राष्ट्र बन्नेछ ।

इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानका तत्कालीन सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको मृत्यु हुने गरी हवाई आक्रामण गरेपछि उक्त देश पनि प्रतिरोधमा उत्रिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


    • लोकप्रिय समाचार

अनि यो पनि

  • थप पढ्नुहोस् :