धादिङमा बारीको पाटामा भेटियो शिशुको शव

बुधबार, माघ ३०, २०८१

theme

धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा शिशुको शव भेटिएको छ । बाझो बारीमा कागले लुछिरहेको अवस्थामा शिशुको शव भेटिएको हो ।

ससाह खोलाबाट ज्यामिरे आउजाउ गर्ने ठाडोबाटोको छेउमा शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी सुवास हमालले बताए ।
प्रहरी नयव उपरिक्षकका अनुसार केराको फेदमा रगतजन्य प्लाष्टिक रहेको र त्यसको केही माथी बारीको पाटामा स्थानीयले शव भेटेका हुन् । सोमबार विहान कागले लुछिरहेको अवस्थामा बाटो हिड्ने स्थानीयले देखेपछि खबर गरेको उनले बताए ।

 

शिशुको शव प्लाष्टिकको झोलामा हालेर फालेको र जनावरले घिसारेर बारीको पाटामा पुर्याएको हुन सक्ने देखिन्छ । मृतक शिशुको शव करिव ३ किलोको रहेको छ । पोष्टमार्टमका लागि शिशुको शव धादिङ अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी नायव उपरिक्षक हमालेले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :