प्रतिफल देखिने गरी काम गर्न कृषि मन्त्रीको निर्देशन

शुक्रबार, फाल्गुण २, २०८१

theme

 

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषिमा भएको लगानीको प्रतिफल आउनु पर्ने बताएका छन् ।

मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अधिकारीले  लगानीको प्रतिफल विना उपलब्धी नदेखिने भएकाले यसलाई आधार मानेर  कार्य गर्न सम्बन्धीत निकायलाई निर्देशन दिएका हुन् ।

‘हामीसँग विज्ञहरुको खाँचो  छैन । लामो समय कृषि क्षेत्रमा कार्य गरेका दक्ष जनशक्ति मन्त्रालयसँग छ । तथापी नतिजा आउन सकिरहेको छैन । चार्टले प्रगति देखाउन सकिरहेको  छैन’, मन्त्री अधिकारीले भने, ‘कृषि कर्ममा लागेका हरुलाई हामीले के दियौं? यही सोचेर कार्य गर्न जरुरी छ।’

कानुनी अबरोध हटाउँदै नतिजामूखी कार्य गर्न आफुले सहजीकरण गर्ने भन्दै मन्त्री अधिकारीले क्रियाशिलताले मात्रै कृषि क्षेत्रमा लिएका लक्ष्य पुरा हुने  भएकाले  यसतर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :