तामाङ भाषामा लेखिएका उखानहरूको संग्रह “तामाङ आन सार्वजनिक

आइतबार, फाल्गुण ४, २०८१

theme

धादिङ, फागुन ४ गते । तामाङ भाषामा लेखिएका उखानहरूको संग्रह “तामाङ आन“ पुस्तकको जिल्लाको सदरमुकाम धादिङबेसीमा एक कार्यक्रमका बीचमा विमोचन गरिएको छ । 
तामाङ भाषा, अंग्रजी भाषा र समभोटा लिपिमा लेखिएको यो पुस्तक तामाङ भाषा नबुझ्ने पाठकहरूले समेत पढ्न सक्ने गरी तयार पारिएको छ । पुस्तकका लेखक बाबुराम फ्युवाका अनुसार डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा क्युआर कोड समावेश गरिएको छ । जसलाई स्क्यान गरी पाठकहरूले इलेक्ट्रोनिक पेजमा पढ्न र अडियो स्वरूपमा सुन्न सक्नेछन् ।
तामाङ आन’ पुस्तकको विमोचन गर्दै तामाङ घेदुङ धादिङका अध्यक्ष दिपक तामाङले यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । विमोचन कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले तामाङ भाषा, संस्कृति र साहित्यलाई संरक्षण गर्न यस्ता पुस्तक प्रकाशन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष लामाले लेखकहरूलाई तामाङ भाषामा थप सिर्जनशील भएर लेखन क्षेत्रमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका टिप्पणीकारहरूले पुस्तक प्रकाशन गर्दा सकारात्मक उखानहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ लगायतले पुस्तकको महत्वबारे आफ्ना धारणा व्यक्त गर्नु भएको थियो । यस पुस्तक धादिङ जिल्लाको तामाङ भाषामा पहिलो औपचारिक पुस्तक रहेको बताइएको छ । पुस्तकले तामाङ भाषा तथा संस्कृतिको जगेर्ना गर्ने विश्वास गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :