धादिङ समाचारदाता
धादिङ, फागुन १४ गते । धादिङको गुप्तेस्वरमा गए राति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ अन्य २ जना घाइते भएका छन ।
धादिङको प्रसिद्ध गुप्तेस्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बा ०१– ००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङकर खसेको हो । राति करिव ११ तीस बजे दुर्घटना भएको स्थानीयले बताएका छन । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटना भएको खबर पाए सङ्गै सदरमुकाम धादिङबेसी बाट गएका सोसल भोलिन्टियरको टोलीले घाइतेहरुको उद्दार गरि जिल्ला सदरमुकाम धादिङबेसी स्थित धादिङ अस्पतालमा पठाएको बताएका छन । ट्याङ्कर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएको शव निकाली पोष्टमाटमको लागि गजुरी पठाउने तयारी गरेको उद्दारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
मृतकहरुको सनाखत हुन बाकी रहेको छ । दुर्घटनाका बिसयमा थप अनुसन्धान भइ रहेको धादिङ प्रहरीले जनाएको छ । सवारी चालक भने सकुसल छन । फर्काउन पछाडी हटाउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेको बताएका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । दुर्घटनाका घाइतेहरुको अबस्था मध्यम रहेको छ ।