धादिङ । धादिङ फुटबल क्लब (डिएफसी) को आयोजनामा जारी धादिङकै सर्वाधिक पुरस्कार राशिको प्रथम सुमन स्मृति कप 9A साइड खुल्ला फुटबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पूरा भएकाे छ ।
यही फागुन १२ गते देखि जारी यस प्रतियाेगितामा २२ टिमकाे सहभागिता रहेकाेमा अपराजित रहँदै आयाेजक DFC, ARMY, 7HORSE र MYC सेमिफाइनल पुगेका छन् । यी चार टिमकाे सेमिफाइनल खेल शुक्रबार हुने छ ।
फागुन १६ गते हुने सेमिफाइनल खेल तालिका
7HORSE vs MYC दिनकाे १ बजे
DFC vs ARMY दिनकाे ३ बजे
फागुन १७ गते हुने फाइनल विजेताले १ लाख ७५ हजार, उप विजेताले ७५ हजार र सेमिफाइनलमा राेकिने सान्तोना दुई टिमले २५–२५ हजार पाउने छन् । यो पुरस्कार राशि धादिङ जिल्लाको सर्वाधिक हो ।