प्रथम सुमन स्मृति कपको उपाधिका लागि डिएफसी र एमवाइसी आज भिड्दै

शनिबार, फाल्गुण १७, २०८१

theme

धादिङ । धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको फाइनलमा डिएफसी र एमवाइसी भिड्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै एमवाईसी र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै डिएफसी फाइलन प्रवेश गरेको हो ।

आयोजक डिएफसी र शिवदल गणबीचको खेल निर्धारित समयमा गोलरहित बनेपछि पेनाल्टी सुटआउटमा परिणत भएको थियो । पेनाल्टी सुट आउटमा पहिलो पाँचै जनाले गोल गरेपछि पुनः थप दुई जनाले पेनाल्टी सुटआउट गर्दा ६–५ गोल अन्तरले डिएफसीले  फाइनलको यात्रा सुरक्षित गरेको हो ।

त्यस अघि भएको खेलमा सेभेन हर्सलाई ४–० गोल अन्तरले पराजित गर्दै एमवाइसीले फाइनल प्रवेश गरेको थियो । सेमिफाइनल खेल सकिएसँगै सेभेन हर्स र शिवदल गण दुबै समुहले सान्त्वना पुरस्कार पाउने भएका छन् ।

फाइनल खेल शनिबार दिउँसो साढे १ बजे खेलाइने आयोजक धादिङ फुटवल क्लवका अध्यक्ष गोपिकृष्ण भण्डारीले बताए । प्रतियोगीता विजेताले १ लाख ७५ हजार, उपविजेताले ७५ हजार, सेमिफाइनल पुग्ने बाँकि दुई समूहले २५ हजार नगदसहित ट्रफी, प्रमाणपत्र पाउँछन् । जिल्लाको अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार रहेको आयोजकले दावी गर्दै आएको छ ।

धादिङबेसीका फुटबल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरेको हो । अब हरेक वर्ष सुमनको नाममा खेल हुने आयोजकले जानकारी गराएको छ । यस पटक खेलमा२२ वटा समुहले सहभागिता जनाएको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :