महिनाैं तलब नपाएपछि कर्मचारीले लगाए उद्योग वाणिज्य संघ धादिङमा ताला

बुधबार, फाल्गुण २१, २०८१

theme

बक्यौता तलब माग गर्दै धादिङ उद्योग वाणिज्य संघमा कर्मचारीहरुले ताल्चा लगाएका छन् । एक वर्षदेखि नियमित पारिश्रमिक नपाएको जनाउँदै उनीहरुले कार्यालयको गेटमा सूचना टाँसेर ताल्चा लगाइदिएका हुन् । 

सूचनामा भनिएको छ, ‘कर्मचारीहरुले एक वर्षदेखि तलब नपाएको हुँदा सम्पूर्ण कर्मचारीको तलबको सुनिश्चितता नभएसम्म कार्यालयमा उपस्थित नहुनुका साथै लाएको ताला पनि नखुल्ने जानकारी गराउँदछौं ।’ 

निवर्तमान कार्यसमितिले कर्मचारीहरुलाई दिनुपर्ने तलब अडिट रिपोर्टमा उल्लेख नगरेको र नवनिर्वाचित कार्यसमितिले पनि बेवास्ता गरी आलटाल गरिरहेकोले बाध्य भएर दबाबका लागि ताल्चा लगाइएको कर्मचारीहरुले प्रतिक्रिया दिएका छन् । 

भत्ता तथा पेश्कीस्वरुप केही रकम दिए पनि पारिश्रमिक नदिएको र तलब माग गर्दा नयाँ निर्वाचित कार्यसमितिले पुरानो तलब दिन नसक्ने भनेपछि कामकाज ठप्प पारिएको पनि कर्मचारीहरुले बताएका छन् । संघका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारीले भने कार्यालय खुला रहेको र कर्मचारीको विषयमा कुनै समस्या नरहेको बताए । 

व्यवसायीहरुको हिसाबकिताब पारदर्शी बनाउन सहजीकरण गर्ने उद्योग वाणिज्य संघले आफ्नै कर्मचारीको हिसाब गोलमाल गराएर भद्रगोल अवस्था सिर्जना गर्छ भने व्यवसायीहरुले संघबाट के आश गर्ने ? धादिङ उद्योग वाणिज्य संघप्रति गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
8%

17%

8%

17%

50%


अनि यो पनि

  • थप पढ्नुहोस् :