जिलेस्पीको निर्णायक गोलमा सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

शनिबार, चैत्र ८, २०८१

theme

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। 

सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १-० गोलले पराजाित गरेको हो। 

नेपालले सिंगापुरविरूद्ध पहिलो पटक जित निकाल्दै इतिहास रच्न सफल भयो। 

नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका थिए। 

मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्। 

नेपालले सिंगाापुरविरूद्धको औपचारिक खेलमा पहिल पटक गोल गर्न सफल भएको हो। १९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र गोल गर्दै इतिहास रच्न सफल भयो।

नेपालले सिंगापुरसँग ३६ वर्षपछि खेलेको हो। पछिल्लो पटक नेपाल र सिंगापुर १९८९ मा प्रतिस्पर्धा गरेका थिए। विश्वकप छनोटमा त्यतिबेला नेपाल र सिंगापुरले दुई खेल खेलेका थिए। १९८९ को मे महिनामा भएको खेलमा नेपाल ३-० गोलले पराजित हुँदा जुनमा नेपालले ७-० गोलको हार ब्यहोरेको थियो। 

त्यसअघि नेपाल र सिंगापुरबीच सन् १९८२ मा पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो। किंग्स कपको उक्त खेलमा नेपाल २-० गोलले पराजित भयो। यसरी नेपालले सिंगापुरसँग अहिलेसम्म ३ अन्तर्राष्ट्रिय खेल खेल्दा सबै खेल गुमाएको थियो। ३ खेलमा १२ गोल खाएको नेपालले सिंगापुरविरूद्ध कुनै गोल गर्न सकेको थिए। ३६ वर्षपछि नेपालले सिंगापुरविरूद्ध खेल्दै ऐतिहासिक जित समेत निकाल्न सफल भयो। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :