यु-१९ विश्वकप एसिया छनोटमा युएईविरूद्ध खेल्दै नेपाल

आइतबार, चैत्र ३०, २०८१

theme

आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले आज युएईविरूद्ध खेल्दैछ।

आइतबारदेखि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुने एसिया छनोटको उद्घाटन खेलमा नेपालले युएईसँग खेल्न लागेको हो।

तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरू हुनेछ।

सन् २०१९ यता नेपाल र युएईबीच तीन खेल भएको छ। तीनै खेलमा नेपाल विजयी भएको छ। 

छनोट प्रतियोगितामा नेपाल,ओमान, हङहङ र अफगानिस्तान छन्।

आजै अफगानिस्तान र ओमानबीच माथिल्लो मुलपानी मैदानमा खेल हुनेछ। 

 

 

नेपाली टोली नरेन्द्र भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपिनप्रसाद शर्मा टोलीमा छन्।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो।

 

त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।

नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्। यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :