धादिङका प्रोसेस पाण्डेले जिते भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि

शनिबार, बैशाख २०, २०८२

theme

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् ।

शुक्रबार राति भएको ग्रान्ड फिनालेमा टिम खेम सेन्चुरीको प्रतिनिधित्व गर्ने पाण्डेले उपाधि उचालेका हुन् । जितसँगै उनले २० लाख नगद पुरस्कार पाएका छन् ।

कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%


अनि यो पनि

  • थप पढ्नुहोस् :