धादिङ,२१ बैशाख २०८२ । श्रीमान र श्रीमती बिचको बेमेलले गर्दा धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटीमा केही दिन अघि एउटा जघन्य अपराध हुन पुगेको पर्दाफास भएको छ । कल्पनै गर्न नसकिने सो घटनाबाट ६० वर्षीय चूडामणि कँडेलको ज्यान गएको छ ।
गएको चैत २७ गते आफ्नै दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको बाथरुमभित्र घाँटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो । शव देखेपछि कर्तव्य गरेर उनको ज्यान लिएको हुन सक्ने शंका गरिएको थियो । हत्यामा कस्को संलग्नता थियो भन्ने केही खुल्न नसकेपछि विभिन्न अड्कलबाजी र आशंका गरिएका थिए । बैशाख २१ गते प्रहरीले कँडेल हत्याको फेहरिस्त सार्वजनिक गरिदिएपछि यस अघिका अड्कल र आशंका झुठ सावित मात्रै भएन पारिवारिक वेमेलले मानिसलाई कस्तो सम्म बनाउँछ भन्ने देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले कँडेलको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेर बैशाख २१ गते आईतबार पत्रकार सम्मेलन मार्फत हत्याको बारेमा जानकारी गराएको हो । चुडामणीको हत्या गरेको आरोपमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान पक्राउ परेका छन् । प्रजालाई प्रहरीले वैशाख ३ गते घटनास्थल नजिकै डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलवालबिच लामो समय देखि सम्बन्ध विग्रँदै गएको थियो । श्रीमान श्रीमती भएपनि उनीहरूबिच सामान्य बोलचालसमेत बन्द थियो । श्रीमती संगको सम्वन्ध सुधार हुन नसकेपछि बेचैनी बनेका कँडेलले आफ्नी श्रीमतीलाई मार्ने योजना बनाएर यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी ‘ दिएको र सोही योजना अनुसार प्रजाले पृथलाल र सञ्चलाललाई यो कामको जिम्मा लगाएकोमा परिणाम भने ठिक उल्टो हुन पुगेको अनुसन्धान बाट खुलेको डिएसपि हमालले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
सम्झौता अनु्सार सुस्मितालाई मार्न अक्कल बहादुरको टोलीले पटक–पटक प्रयास गरेपनि उनीहरूको योजना सफल हुन नसकेपछि कँडेल थिङसँग रिसाएका थिए । काम नभएपछि कँडेलले थिङलाई छिटो काम गर्न अन्यथा आंफुले दिएको रकम फिर्ता गर्न दबाब दिंदै आएको अनुसन्धानका क्रममा पाइएको डीएसपी हमालले बताउनु भयो ।
कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले अन्तत कँडेलकै हत्या गर्ने योजना बनाएर उनको घर भित्रै कर्तव्य गरि हत्या गरेको पाईएको छ । प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो समेत बरामद गरेको छ । त्यस्तै, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा, जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।
अभियुक्तहरूले कँडेलको हत्यापछि उनले प्रयोग गर्ने मोवाईलपनि फुटाएर फालेका थिए । उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू फेला पारि प्रमाणका लागि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि ज्यान सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलवालबीच बोलचालै बन्द हुने गरी सम्बन्ध बिग्रेको रहेछ । आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ ‘सुपारी’ दिएका रहेछन् । प्रजाले पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई पनि साथ लिएका रहेछन्,’ लामो समयसम्म प्रयास गर्दा पनि उनीहरूले सुस्मितालाई मार्न सकेनन् । उनीहरूको योजना विफल बन्यो ।’ पत्रकार सम्मेलनमा प्रनाउ हमालले बताउनु भयो ।
त्यसक्रममा मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवाल बीच सुमधुर सम्बन्ध नरहेको खुलेको थियो । प्रायः उनी सीतापाइलाको घरतिर गएर बस्थिन्, एकैघरमा हुँदा पनि बोलचाल हुन्थेन। कँडेल मारिनु दुई साता अघि मात्र उनी गाउँमा आएर १० दिन बसेर घटना भएकै दिन फर्किएकी थिइन्। त्यही कारण पनि स्थानीयले श्रीमतीमाथि पनि अनुसन्धान गर्न भनेका थिए । तर, जाँचका क्रममा कँडेलकै अर्को आपराधिक योजनाको पटाक्षेप भयो । अहिले कँडेलको श्रीमतीले प्रहरी कहाँ उनीहरूविरुद्ध जाहेरी दिएकी छन् भने पोष्टमार्टपछि परिवारले अन्त्येष्टि गरेका छन् । कँडेल गाउँमा खेती किसानी गर्थे । छोरा क्यान्डामा थिए भने छोरी काठमाडौंमा बसेर पढ्दै थिइन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले कँडेलको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेर बैशाख २१ गते आईतबार पत्रकार सम्मेलन मार्फत हत्याको बारेमा जानकारी गराएको हो । चुडामणीको हत्या गरेको आरोपमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान पक्राउ परेका छन् । प्रजालाई प्रहरीले वैशाख ३ गते घटनास्थल नजिकै डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलवालबिच लामो समय देखि सम्बन्ध विग्रँदै थियो । श्रीमान श्रीमती भएपनि उनीहरूबिच सामान्य बोलचालसमेत बन्द थियो । श्रीमती संगको सम्वन्ध सुधार हुन नसकेपछि बेचैनी बनेका कँडेलले आफ्नी श्रीमतीलाई मार्ने योजना बनाएर यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी ‘ दिएको र सोही योजना अनुसार प्रजाले पृथलाल र सञ्चलाललाई यो कामको जिम्मा लगाएकोमा परिणाम भने ठिक उल्टो हुन पुगेको अनुसन्धान बाट खुलेको डिएसपि हमालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
सम्झौता अनु्सार सुस्मितालाई मार्न अक्कल बहादुरको टोलीले पटक–पटक प्रयास गरेपनि उनीहरूको योजना सफल हुन नसकेपछि कँडेल थिङसँग रिसाएका थिए । काम नभएपछि कँडेलले थिङलाई छिटो काम गर्न अन्यथा आंफुले दिएको रकम फिर्ता गर्न दबाब दिंदै आएको अनुसन्धानका क्रममा पाइएको डीएसपी हमालले बताउनु भयो ।
कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले अन्तत कँडेलकै हत्या गर्ने योजना बनाएर उनको घर भित्रै कर्तव्य गरि हत्या गरेको पाईएको छ । प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो समेत बरामद गरेको छ । त्यस्तै, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा, जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।
अभियुक्तहरूले कँडेलको हत्यापछि उनले प्रयोग गर्ने मोवाईलपनि फुटाएर फालेका थिए । उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू फेला पारि प्रमाणका लागि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि ज्यान सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलवालबीच बोलचालै बन्द हुने गरी सम्बन्ध बिग्रेको रहेछ । आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ ‘सुपारी’ दिएका रहेछन् । प्रजाले पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई पनि साथ लिएका रहेछन्,’ लामो समयसम्म प्रयास गर्दा पनि उनीहरूले सुस्मितालाई मार्न सकेनन् । उनीहरूको योजना विफल बन्यो ।’ पत्रकार सम्मेलनमा प्रनाउ हमालले बताउनु भयो ।
त्यसक्रममा मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवाल बीच सुमधुर सम्बन्ध नरहेको खुलेको थियो । प्रायः उनी सीतापाइलाको घरतिर गएर बस्थिन्, एकैघरमा हुँदा पनि बोलचाल हुन्थेन। कँडेल मारिनु दुई साता अघि मात्र उनी गाउँमा आएर १० दिन बसेर घटना भएकै दिन फर्किएकी थिइन्। त्यही कारण पनि स्थानीयले श्रीमतीमाथि पनि अनुसन्धान गर्न भनेका थिए । तर, जाँचका क्रममा कँडेलकै अर्को आपराधिक योजनाको पटाक्षेप भयो । अहिले कँडेलको श्रीमतीले प्रहरी कहाँ उनीहरूविरुद्ध जाहेरी दिएकी छन् भने पोष्टमार्टपछि परिवारले अन्त्येष्टि गरेका थिए । कँडेल गाउँमा खेती किसानी गर्थे । छोरा क्यान्डामा थिए भने छोरी काठमाडौंमा बसेर पढ्दै थिइन् ।